हुम्लाका रिन्जिन फोन्जोकलाई ‘फ्यूचर फर नेचर अर्वाड– २०२४’

काठमाडौं – हुम्लाका रिन्जिन फुन्जोक लामाले ‘फ्यूचर फर नेचर अवार्ड २०२४’ प्राप्त गरेका छन् । उनी समुदायमा आधारित वातावरण तथा वन्यजन्तु संरक्षण अभियानमा लागेका एक युवा हुन् ।

हिमाली क्षेत्रहरूमा पाईने हिउँ चितुवाको अध्ययन अनुसन्धानमा योगदान गरेवापत उनलाई यो वर्ष उक्त अवार्ड प्रदान गरिएको फिउचर फर नेचर फाउण्डेसनले जनाएको छ ।

हिउँ चितुवा, ब्वाँसो, कालो भालु, जंगली चौँरी लगायत जनावर र वातावरण संरक्षणमा समुदायमा आधारित भएर उनले योगदान गरेको फाउण्डेसनको भनाई छ ।

लामाले बर्ष २०२३ मा सोही जनावरको सम्बन्धित ठाउँमा गएर अध्ययन गरेका थिए । लामा सिमकोट गाउँपालिका – ३ बरगाउँ घर भई केही समययता सोही क्षेत्रमा काम गर्दै आएका छन् ।

नेपालसहित विभिन्न देशका २ सय ५० जना मध्येबाट हुम्लाका लामासहित तीन जना पुरस्कृतको नाम फिउचर एण्ड नेचर फाउण्डेसन नेदरल्याडस्ले बिहिबार सार्वजनिक गरेको थियो ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षणमा स्नातकोत्तर गरेका उनले गएको वर्ष विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ) को विश्व चर्चित ‘रोलेक्स अवार्ड’ पनि पाएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics