रातु खोला दोहन रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश (आदेशसहित)

काठमाडौं – सर्वोच्च अदालतले महोत्तरी र धनुषा भएर बग्ने रातु खोलामा उत्खनन रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

महोत्तरीका एमाले नेता शंकर महतोसहित युवाहरूले दिएको रिटमा आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले तत्काल उत्खनन रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले यो मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, मुख्यमन्त्री कार्यालय, बर्दिबास नगरपालिकालगायत १२ वटा विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ । अन्तरिम आदेशका लागि छलफलका लागि निवेदक र विपक्षी दुबै पक्षलाई १८ चैतमा छलफलमा बोलाएको छ ।

रातु नदीमा भइरहेको ढुङ्गा, गिट्टी, बालुवाको उत्खननबाट नदीमा निर्माण गरिएका तटबन्धहरुमा समेत क्षति पुग्न गएको भन्दै सर्वोच्चले तत्कालका लागि उत्खनन रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

यस्तो आदेश ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics