अफगानिस्तानमा चिसो : मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो
- नेचर खबर
 
                                                        काबुल – अफगानिस्तानमा चिसो मौसम र हिमपातका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ।
‘वर्षा, हिमपात र चिसो मौसमका कारण ३९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन्। साथै चिसो मौसमजन्य प्रकोपका कारण ६३७ घरहरु ध्वस्त भएका छन् भने १३ हजार ८८९ वटा गाईवस्तु मरेका छन्,’ राष्ट्रिय प्रकोप प्राधिकरणका प्रवक्ता मुल्ला जनान सेकले बताएका छन् ।
थप क्षति हुन नदिन प्रशासनले पीडित परिवारलाई खाद्यान्न र उनीहरूका पशुपक्षीलाई घाँस लगायतका खाद्यवस्तु उपलब्ध गराउने तयारी गरिरहेको उनले बताए । अफगानिस्तानका केही भागमा गत आइतबारदेखि भारी वर्षा र हिमपात भइरहेको छ जसले ठूलो क्षति निम्त्याएको छ ।

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस