एक सातामा १५ जिल्लाका २२ वनमा लाग्यो डढेलो

काठमाडौं – पछिल्लो एक सातामा ताप्लेजुङसहित १५ जिल्लाका २२ वटा बनमा डढेलो लागेको छ । लामो समय पानी नपरेकाले वनमा डढेलो लाग्ने क्रम बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

पछिल्लो साता मात्र प्युठान, बाँके, ताप्लेजुङ, तेह्रथुम, ओखलढुङ्गा, सर्लाही, रसुवा, काठमाडौँ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु र रोल्पाका जङ्गलमा आगलागी भएको हो ।

वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । डढेलोबाट वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी हुने अनुमान गरिएको छ । नेपालमा हुने डढेलोका घटनामध्ये ८० प्रतिशतभन्दा बढी मध्य फागुनदेखि मध्य वैशाखसम्म हुने गरेको विभागले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics