यती जहाजले अब उडाउनेछ घरपालुवा जनावर पनि

काठमाडौं – आफ्ना घरमा पालेका साना जनावरलाई नेपाल भित्र कतै जहाजमा सँगै लाने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने तपाईलाई खुसी पार्ने खबर छ ।

अब यती एयरलाइन्सका जहाजमा जीवित घरपालुवा जनावर ओसार पसार गर्न सकिने भएको छ ।

कोभिड–१९ महामारीसँगै जनावरको ओसारपसार जहाजमा निषेध गरिएको थियो । कम्पनीले सोमबार एक सूचना जारी गर्दै अब जीवित घरपालुवा जनावर लैजान पाइने गरी खुला भएको जनाएको हो ।

जनावर लैजाँदा जनावरलाई खोप लगाएको कार्ड साथमा बोक्नु पर्ने भएको छ ।

सम्भव भएसम्म बिरालो वा कुकुर राख्न मिल्ने खोर समेत साथमा लैजान कम्पनीले आग्रह गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics