आज महाशिवरात्रि पर्व, शिवालयहरूमा पूजा–आराधना

काठमाडौं - देशभरका शिवालयमा भगवान् शिवको पूजा-अर्चना गरेर आज महाशिवरात्रि पर्व मनाइँदै छ । आजको दिनमा भगवान् शिवको पूजा-आराधना एवं दर्शन गर्ने चलन छ ।

आजको दिनमा बिहानैदेखि पशुपतिनाथलगायत देशैभरका शिवालयमा भक्तजनहरुको भिड लागेको छ । शिव पुज्नेहरुले बिहानैदेखि नदी, कुण्ड, तलाउमा स्नान गरी शिवको आराधना गर्ने गरिन्छ ।

आजकै दिनमा सेना दिवस पनि पर्ने भएको हुँदा नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष समारोहको आयोजनसमेत गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics