…अनि बालकले चितुवालाई कोठाभित्र थुनेर भागे

काठमाडाैं - आनन्दले बसेर फोन चलाइरहँदा तपाईँको कोठाभित्र चितुवा पस्यो भने तपाईँ के गर्नुहुन्छ ?

भारतको महाराष्ट्रस्थित नाशिक जिल्लामा एक बालकले चितुवालाई कोठाभित्र थुनेको दृश्य अहिले ‘भाइरल’ भएको छ।

साई सेलब्रेशन लनको कार्यालयको एक कोठामा चितुवा पस्दा १२ वर्षे मोहितविजय अहिरे ढोका नजिकै रहेको सोफामा बसेर मोबाइलमा खेलिरहेका थिए।

मोहित डरले भागेनन्, बरु संयमित भए र चितुवालाई भित्र राखेर ढोका बन्द गरे। आफू चाहिँ बाहिर भागे। पछि वन विभागका अधिकारीहरूले चितुवालाई नियन्त्रणमा लिए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics