इन्डोनेसियामा भारी वर्षा, बाढी र पहिरोमा ३ काे मृत्यु, १० जना बेपत्ता

काठमाडौं - अत्यधिक वर्षापछिको बाढी र पहिरोमा परेर इन्डोनेसियामा थप तीन जनाको मृत्यु भएको छ । घटनामा १० जना बेपत्ता भएका छन् । स्थानीय विपद् व्यवस्थापन निकायका एक वरिष्ठ अधिकारीले पश्चिमी सुमात्रामा घटना भएको जानकारी गराएका छन् ।

बिहीबारको भारी वर्षाले प्रान्तका १० जिल्ला र सहरमा बाढी र पहिरोको कारण पुलहरू भत्किएका र घरहरू डुबानमा परेको प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सी फजर सुकमाको आपत्कालीन इकाईका प्रमुखले बताएका छन् ।

बाढीले सडक डुबानमा परेको, यातायात अवरुद्ध भएको र हजारौँ मानिस प्रभावित र विस्थापित हुन बाध्य भएको उनले बताए । ‘पेसिसिर सेलाटन रिजेन्सीमा एक जनाको मृत्यु भएको छ भने अन्य नौ जना बेपत्ता भएका छन्, र परियामन रिजेन्सीमा दुई जनाको मृत्यु भएको छ र अर्का एक जना बेपत्ता छन्,’ उनले भने ।

सुकमाले बिहीबारबाट बाढी सुरु भए पनि अहिले पानी कम हुन थालेको र विपद् प्रभावित क्षेत्रमा खाद्यान्न, कम्बल, औषधि र अन्य सामग्री पुर्याइएको जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics