३०० वर्ष पुरानो काटिएको रूखलाई पुनः जीवन दिने प्रयास

काठमाडौं – गत वर्ष रहस्यमय ढंगले काटिएको साइकमोर ग्याप रूखको संकलित बीउ र हाँगाबाट पुनः बिरुवा उत्पादन गरिएको छ । अब पुनः यो रूखले जीवन पाउनेमा संरक्षणकर्मी खुसी देखिन्छन् । काटिएको उक्त रूख झन्डै ३०० वर्ष पुरानो रहेको बताइएको छ ।

उत्तरी इंग्ल्यान्डस्थित प्राचीन रोमन किल्ला हेड्रिअन्स वालको एउटा क्षेत्रमा पर्ने उक्त रूख एक युवकले काटेका थिए । यो ऐतिहासिक रूख काट्ने युवक जेलमा छन् ।

पहिले काटेको रूख ।


धेरैले विश्वप्रसिद्ध प्रतीकको रूपमा वर्णन गरेको रूख अवैध रूपमा काटिएपछि गोप्य राष्ट्रिय ट्रस्ट केन्द्रका विज्ञले यसको बीउ र हाँगा लगेर पुनः जीवन दिने प्रयास गरिरहेका हुन् ।

हेड्रिनको पर्खालको खाडलमा एकलै रहेको सिकमोरको रूखले विश्वको ध्यान तानेको थियो । यसलाई प्रेमको प्रतिकका रूपमा पनि लिने गरिएको थियो । यहाँ लाखौं मानिसहरू एक पटक पुग्न चहन्थे । यस रूखको विषयमा चलचित्र पनि बनेको थियो भने विभिन्न चलचित्र यसको पेरिफेरीमा छायंकन गरिएको थियो ।

काट्नुअघिको रुख र यस क्षेत्रको सुन्दर दृश्य ।


यो रूख काटिएको विषयमा प्रहरीले अझै पनि अनुसन्धान गरिरहेको छ । यो कार्यलाई उनीहरूले ‘जानीजानी तोडफोडको कार्य’ भनेका छन् । अहिले यो स्थान खाली छ । यो सुरक्षित रहे पुनः यसका बिरुवालाई त्यहाँ सारिनेछ ।

नर्थम्बरल्याण्ड राष्ट्रिय निकुञ्ज प्राधिकरणको साथमा साइटको हेरचाह गर्ने नेसनल ट्रस्टले रूख ढाल्दा जमिनमा फ्याँकिएका जवान टुक्राहरू र बीउहरू त्यस समयमा नै संकलन गरेको थियो । यो कार्यले युकेका केही बहुमूल्य बोटबिरुवा र रूखहरूको आनुवंशिक प्रतिलिपिहरू सुरक्षित गर्ने बताइन्छ । - बीबीसी

काटेपछि हाँगा र बिउलाई केन्द्रमा लगेर हुर्काउँदै गरेको तस्बिर ।


काटेपछि हाँगा र बिउलाई केन्द्रमा लगेर हुर्काउँदै गरेको तस्बिर ।


 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics