वन तथा वातावरणमन्त्रीमा नियुक्त शाहले लिए शपथ

काठमाडौं – वन तथा वातावरणमन्त्रीमा नियुक्त नवलकिशोर शाहले मन्त्रीको शपथ लिएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) पनि नयाँ गठबन्धनको सरकारमा सहभागी भएपछि पार्टी अध्यक्ष उपेन्द्र यादवसहित शाहले आइतबार मन्त्रीको शपथ लिएका हुन् ।


यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन् । एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजावादी मिलेर बनेको नयाँ गठबन्धन सरकारमा अध्यक्ष उपेन्द्र यादव आफैँ सहभागी भएका हुन् ।

नयाँ गठबन्धनमा जसपालाई दुई मन्त्री र एक राज्यमन्त्री दिन सहमति भएको छ । जसपाले नेता दीपक कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय पनि गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics