चेम्जोङको अध्यक्षतामा कोशीटप्पुबाट विस्थापितलाई जग्गा उपलब्ध गराउन आयोग गठन

काठमाडौं – सरकारले रकम चेम्जोङको अध्यक्षतामा कोशीटप्पु वन्यजन्तु आरक्षबाट विस्थापितलाई जग्गा उपलब्ध गराउनका लागि उच्चस्तरीय आयोग गठन गरेको छ ।

समाजवादी पार्टीका कार्यकारिणी सदस्य रहेका चेमजोङको अध्यक्षतामा नौ सदस्यीय उच्च स्तरीय आयोग गठन गरिएको वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट विस्थापितका समस्या समाधान गर्नका लागि २०७८ चैत २४ गते तत्कालीन सरकारको निर्णय अनुसार कोशीटप्पु वन्यजन्तु आरक्ष विस्थापितका समस्या समाधान आयोगको प्रतिवेदनको सिफारिसका आधारमा उच्चस्तरीय आयोग गठन भएको वन तथा वातावरण मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार उक्त प्रतिवेदको प्रमाण खण्डमा संलग्न लगत मध्येबाट जग्गा सट्टाभर्ना पाउन बाँकी भनी उल्लिखित ७५ परिवारलाई जग्गा सट्टाभर्ना उपलब्ध गराउने लगायतका विषयमा तीन महिनाभित्र कार्य सम्पन्न गर्ने गरी अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय भएको हो ।

चेम्जोङको अध्यक्षतामा गठित आयोगको सदस्यमा मनोहरनारायण श्रेष्ठ, सन्तोषकुमार थारु, मोरङका प्रमुख जिल्ला अधिकारी, डिभिजन वन कार्यालय मोरङका डिभिजनल वन अधिकृत, मोरङका प्रमुख मालपोत अधिकृत, मोरङकै प्रमुख नापी अधिकृत, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सदस्य रहेका छन् भने कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयको वरिष्ठ संरक्षण अधिकृत सदस्य सचिव छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics