१,२३० वर्षको रूखलाई राष्ट्रिय सम्पदा रूखको मान्यता

काठमाडौं – रूखको महत्त्व कति हुन्छ र राज्यले कसरी संरक्षण गर्नुपर्छ भन्ने उदाहरण भियतनामको एक कार्यलाई हेरे पुग्छ । भियतनाम सरकारले केही अघि एकहजार २३० वर्ष उमेरको रूखलाई राष्ट्रिय सम्पदा रूखको रूपमा मान्यता दिइएको छ ।


यो एक सय ६२ शताब्दी पुरानो बिरुवा मध्ये एक रहेको विज्ञले बताएका छन् । बिन्ह फुओक प्रान्तमा अवस्थित मादा वनमा रहेको यो रूखलाई एक कार्यक्रमका बिच यो मान्यता दिइएको हो ।



उक्त प्रान्त अन्तर्गतको डोङ फु जिल्लाको जनसमितिले भियतनाम एसोसिएसन फर कन्जर्भेसन अफ नेचर एन्ड इन्भायरमेन्ट, त्रुङ टुओइ ग्रुप जेएससी र अन्य एकाइहरूसँगको सहकार्यमा यहाँको वन संरक्षणको कार्य गर्दै आएको छ । यो जनसमितिले यस उपक्षेत्रका १६२ राष्ट्रिय सम्पदा रूखहरूको समुहको स्वीकृति कार्यक्रम आयोजना पनि गरेको छ ।


भर्खरै मान्यता प्राप्त राष्ट्रिय सम्पदा रूखहरूलाई १५ प्रजातिहरूमा वर्गीकृत गरिएको थियो, जसमध्ये ११४ देखि ५०० वर्ष भन्दा पुराना रूखहरू पनि थिए । अन्य १८ वटा ९०० वर्षभन्दा पुराना रूखहरू पनि छन् भने सात वटाको उमेर १,००० वर्ष नाघेको छ, जबकि एकको उमेर भने १,२३० वर्ष पुगेको छ ।



डा. ट्रान भान मिउले १४ वर्षसम्म मान्यतासँग सम्बन्धित कागजातहरू विचार र मूल्यांकन गरेपछि उपक्षेत्र ३७९ मा रहेका १६२ शताब्दी पुरानो रूखको संख्या सबैभन्दा ठूलो सम्पदा रूख समूह भएको निष्कर्षमा पुगेको बताए ।

रूखलाई सम्पदाको सूचीमा राख्नुको उदेश्य वनमा भियतनामी सम्पदा रूखहरूको जनसंख्याको महत्त्व बढाउनु रहेको बताइएको छ । जबकि त्यहाँका बासिन्दाहरूमा गर्वको भावना र जिम्मेवार वन संरक्षणको प्रतिबद्धता जगाउनु रहे यहाँका वन विज्ञ बताउँछन् ।


साथै यसै अवसरमा यहाँको सरकारले वन संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने विभिन्न व्यक्ति, संस्था र दिग्गजहरूलाई सम्मान गर्ने उद्देश्यले पनि यो कार्यक्रमको आयोजना गरिएको बताएको छ । भ्याक्सनका उपाध्यक्ष डा. ट्रान भान मिउले १४ वर्षसम्म मान्यतासँग सम्बन्धित कागजातहरू विचार र मूल्यांकन गरेपछि उपक्षेत्र ३७९ मा रहेका १६२ शताब्दी पुरानो रूखको संख्या सबैभन्दा ठूलो सम्पदा रूख समूह भएको निष्कर्षमा पुगेको बताए ।


‘यस मान्यताले उनीहरूको ऐतिहासिक र सांस्कृतिक मूल्यहरूलाई स्तरोन्नति मात्र गरेको छैन, वातावरण संरक्षण र जैविक विविधताको संरक्षणको कारणलाई पनि अगाडि बढाएको छ,’ बिन्ह फुओक प्रशासनका अध्यक्ष ट्रान टु हेनले भने । –एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics