विश्वमै लोपोन्मुख ‘जंगली याक’ नेपालमा भेटिएको हो ?

काठमाडौं – गत फागुन ९ गते (२१ फ्रेब्रुअरी २०२४) शे फोक्सुण्डो गाउँपालिकाले आफ्नो आधिकारिक फेसबुक पेजमा पाटन जस्तो स्थानमा देखिने चौंरीको ३ वटा तस्बिर राख्दै लेख्यो, ‘डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका –१ ङिसालको शिशे पाटनमा भेटिएका जंगली चौँरी । त्यहाँका स्थानीयहरूको अनुसार यो माउ जंगाली चौँरी हो ।’


गाउँपालिकाले २ वर्ष अघि त्यहाँकै स्थानीय तथा हिउँ चितुवा समिति साल्दाङका सचिव सोनाम आङदुई गुरुङले भेडा–बाख्रा चराउन जाँदा यस्तै जंगली चौंरी फेला परेको उल्लेख गर्दै लेखेको छ, ‘शिशेमा मात्रै नभई वडा नं.१ कै मुसिका धेरै स्थानमा पनि यो भेटिने गरेको छ ।’ वर्षको २/३ महिना नेपाल तर्फको चरन क्षेत्रहरूमा आउने र कात्तिक–मंसिर लागेपछि पुनः चीन तर्फ नै फर्किने गाउँपालिकाको दाबी छ ।


शे-फोक्सुण्डो गाउँपालिकाले सार्वजनिक गरेको तस्बिर ।

उक्त दाबी र तस्बीर सार्वजनिक भएसँगै संरक्षणकर्मी र संस्थाबिच यो सार्वजनिक फोटोमा देखिएको चौंरी ‘साँचिकै जंगली याक वा चौंरी नै हो ?’ भन्ने वहस सुरु भएको छ । तर, यस अघिका अवस्था र इतिहाँस खोतल्दा नेपालमा धेरै वर्षसम्म नदेखिएको भए पनि ‘पाइन्छ’ भन्ने पुष्टि भएको विज्ञहरू बताउँछन् ।


यस अघि यो हुम्लाको लिमी उपत्यकाबाट उत्तरतर्फ केही पटक देखिएको जानकारी दिन्छन्, साना स्तनधारी जनावर संरक्षण तथा अनुसन्धान संस्थाका निर्देशक एवं अनुसन्धानकर्ता सन्जन थापा । यो जनावर नेपाल, भारत र चीनका सुक्खा हिमाली क्षेत्रमा पाइन्छ । नेपालमा यसको संख्या यकिन छैन ।


यो चरणका लागि तिब्बततर्फ जाने गरेको र त्यहाँबाट फर्कन्छ वा फर्कँदैन भन्ने यकिन नभएको विज्ञ बताउँछन् । नेपालबाट चीनतर्फ गएका जंगली याकहरूमध्ये निकै कम मात्र फर्कने गरेको पाइएको छ । यो विश्व परिवेशमै लोपोन्मुख जनावर हो ।


शे-फोक्सुण्डो गाउँपालिकाले सार्वजनिक गरेको तस्बिर ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics