बागलुङको सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएन, किसिमकोट बस्ती उच्च जोखिममा

ढोरपाटन– बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरमा आज दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । किसिमकोट सामुदायिक वनमा आज दिउँसोदेखि आगलागी हुँदा बाटाकाचौरस्थित सारदा माध्यमिक विद्यालय र किसिमकोट बस्ती उच्च जोखिममा परेका छन् ।

तीव्र गतिमा हावाहुरी चलेकाले आगो बस्ती र विद्यालयमा पुग्न थालेकाले आगो नियन्त्रणमा लिन नसकिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए। प्रहरी, स्थानीय, विद्यार्थीलगायतले आगो निभाउने प्रयास भइरहे पनि हावाहुरीका करण निभाउन नसकिएको उनले बताए ।

मान्द्रेढुङ्गाबाट सुरु भएको आगो शारदा मावि बाटाकाचौर नजिकै पुगेको भन्दै नियन्त्रण गर्न नसके विद्यालय र बस्तीमा पुग्नसक्ने अध्यक्ष शर्माले जानकारी दिए। आगो नियन्त्रणमा ल्याउनका लागि थप प्रहरी आवश्यक परेको भन्दै हावाहुरी नरोकिए नियन्त्रणमा लिन सम्भव नहुने उनको भनाइ छ ।

‘भीषण रुपमा आगलागी भएको छ । गाउँका सबै नागरिक आएर आगो निभाउने प्रयास गरिरहेका छौँ । ठूलो हावाहुरी चलेकाले नियन्त्रणमा लिन सकिएको छैन । आगो बाटाकाचौरको शारदा मावि र किसिमकोट बस्ती नजिकै पुग्न थालेको छ’, बरेङ गाउँपालिकाका अध्यक्ष शर्माले भने, ‘आगलागी नियन्त्रणका लागि प्रहरीको टोली पनि आएको छ । थप आउने क्रममा रहेको जानकारी पाएका छौँ ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics