ताप्लेजुङको फुङलिङ क्षेत्रको वनमा डढेलो, बस्ती जोगाउन अग्नि रेखा

ताप्लेजुङको फुङलिङ नगरपालिका-८ स्थित अँधेरी क्षेत्रको वनमा लागेको आगो । तस्बिर : रासस

ताप्लेजुङ – पछिल्लो साता ताप्लेजुङका विभिन्न वनमा निरन्तर डढेलो लागिरहेको छ । केही दिन मात्र नाङ्खोल्याङ र थेचम्बुका वनमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा नआउँदै पुनः फुङ्लिङ नगरपालिका–८ स्थित अँधेरी क्षेत्रको वनमा सुरु भएको छ ।

आगलागीबाट हुने जोखिम न्यूनीकरणका लागि नगरपालिका र ८ नंबर वडाले ले विहिबार दिउँसो अग्नि रेखा लगाएको थियो । यसबाट वस्ती जोगिए पनि वनमा लागेको आगो नियन्त्रणमा आइनसकेको वडाध्यक्ष छितिज सुनुवारले जानकारी दिए ।

लामो समयको खडेरीका कारण जंगलमा लागेको आगो सहजै नियन्त्रण हुन सकिरहेको छैन । ताप्लेजुङका विभिन्न वन क्षेत्रमा आगलागीका घटना बढे पनि आगलागीको कारण खुलेको छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics