शुक्लाफाँटाका लागि हिडे एक जोडी गैंडा
- सुजाता कार्की

चितवन राष्ट्रिय निकुञ्जबाट एउटा भाले र पोथी गैंडा मंगलबार शुक्लाफाँटा लगिएको छ । सुखिभार क्षेत्रमा समातिएका भाले र पोथी गैंडा वयस्क छन् । राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार , मगलबार साझमा ट्रकमा राखेर शुक्लाफाँटा लगिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५ वटा गैंडा स्थानान्तरण गर्ने योजना छ । सोमबार एउटा भाले गैंडा शुक्लाफाँटा पुगिसकेको छ । थप दुई गैँडा स्थानान्तरण हुन बाकी छ । गैंडाको खोजीको लागि मंगलबार बिहानै देखी टोली खटिएको थियो ।
प्रतिक्रिया दिनुहोस