१८ बुँदे पाल्पा घोषणापत्र जारी गर्दै सकियो सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय बैठक

पाल्पा — सामुदायिक वन उपभोक्ता महासंघ संघीय कार्यसमितिको तेस्रो बैठक १८ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

सुख्खा मौसम र हावाहुरीका कारण वन डढेलो तथा आगलागी जोखिम बढी हुने भएकाले सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै पाल्पाको दमकडामा बिहीबार बैठक सम्पन्न भएको हो ।

डढेलो र आगलागीकै कारण बर्सेनि ठूलो मात्रामा धनजनको क्षति भइरहेकाले यसलाई न्यूनीकरण गर्नका लागि सबै सरोकारवाला संघसंस्थाको ध्यान जान जरुरी रहेको महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले बताए ।

सरकारका वार्षिक नीति तथा कार्यक्रममा क्षमता विकासका कार्यक्रम, सुरक्षाका साधन स्रोत, इन्सुरेन्स, अग्नीरेखा निर्माण, जनचेतना, राहत, उचित क्षतिपूर्तिका लागि बजेट विनियोजन गर्नसमेत बैठकले आग्रह गरेको छ ।

वनलाई डढेलोबाट जोगाई वायु प्रदूषण र आगलागीबाट हुने जनधनको क्षतिलाई कम गर्नका लागि आम उपभोक्तालगायत सबै सरोकारवाला समक्ष महासंघले आव्हान गरेको छ । बैठकले दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्डसहितको कार्यविधि तत्काल लागू गर्नसमेत माग गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics