नेपाल वन प्राविधिक संघको निर्वाचन चैत २४ मा, कस्तो छ कार्यतालिका ?

काठमाडौं – नेपाल वन प्राविधिक संघको चैत २४ गते हुने निर्वाचनको कार्यतालिका केन्द्रीय निर्वाचन समितिले तयार पारेको छ । गत शनिबार बसेको समितिको बैठकले निर्वाचन सम्पन्न गर्न विभिन्न निर्णय गरेको एक सूचना मार्फत् जानकारी दिएको छ ।

संघको सोह्रौ कार्यसमितिको लागि निर्वाचन २४ गते विहान १०ः०० बजेबाट बेलुका ५ः०० बजे सम्म मतदान हुने उक्त सूचनामा उल्लेख छ । सो निर्वाचनमा उम्मेदवार तथा मतदान गर्न आजिवन सदस्य बाहेकका साधारण सदस्यहरुले २०८० फाल्गुन मसान्त भित्र सदस्यता नवीकरण गर्ने समय तय भएको थियो ।

कार्यसमितिले प्रारम्भिक मतदाता नामावली अल्फाबेटमा तयार गरी निर्वाचन कमिटीलाई २०८० चैत्र ५ गते भित्र उपलब्ध गराउनु पर्ने बताइएको छ । कार्यसमितिबाट प्राप्त नामावली निर्वाचन कमिटीले रुजु गरी २०८० चैत्र ७ गते प्रकाशन गर्ने सूचनामा भनिएको छ ।

प्रकाशित मतदाता नामावलीमा कुनै दावी विरोध भएमा २०८० चैत्र ९ गते ५ः०० बजे भित्र निर्वाचन कमिटीमा लिखित उजुरी दिन सकिने व्यवस्था गरिएको छ । कमिटीले चैत्र ११ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने र मतपत्र गणना गर्न चुनावको दिन व्यवहारिक नभएकोले भोलिपल्ट विहान ९ः०० वजेबाट मतगणना गर्ने व्यवस्थापनको लागि कार्यसमितिमा अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

यस्तो छ सूचना ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics