प्रकोप पूर्वतयारी सञ्जालमा डा. थापा

काठमाडौं – प्रकोप पूर्वतयारी सञ्जाल नेपालको १५औं साधारणसभाले डा. राजु थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

अन्य पदाधिकारीमा उपाध्यक्ष शक्ति गुरूङ, महासचिवमा सुरज गौतम, उपमहासचिव हर्षमान महर्जन र कोषाध्यक्षमा केशवदत्त भट्ट रहेका छन् ।

सदस्यहरूमा भने अमिका राजथला, सन्तोष न्यौपाने, धर्मलाल रोकाया, जगन्नाथ कुर्मी चयन भएको सञ्जालले जनाएको छ ।

निवर्तमान अध्यक्ष सूर्यबहादुर थापा तथा बाँकी दुई मनोनित सदस्यहरू पनि कार्यसमितिमा रहने विधानमा व्यवस्था छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics