सामुदायिक वनको डढेलो निभाउने क्रममा जलेर बाबुछोरी घाइते

कालीकोट – कालीकोटमा वनमा लागेको आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।

खाँडाचक्र नगरपालिका– ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा आगो निभाउन पुगेका स्थानीय नन्द्रराम चौलागाईं र उनकी छोरी हेमन्ती चौलागाईं आगोले जलेर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख पोषण थापाका अनुसार शुक्रबार सामुदायिक वनमा बाख्रा चराउन गएका उनीहरू आगो निभाउने क्रममा जलेका थिए । जलेर घाइते भएका दुवैजनालाई उपचारका लागि मान्मस्थित जिल्ला अस्पताल पु¥याइएको छ ।

आगोले जलेका उनीहरूको स्वास्थ्य अवस्था जटिल रहेको अस्पतालले जनाएको छ । स्थानीय र प्रहरी टोलीले आगो नियन्त्रण लिएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics