ताप्लेजुङमा जंगलको डढेलो घरमा सल्कँदा दुई दिनमा जले ४ घर

ताप्लेजुङ – जंगलमा लागेको डढेलो बस्तीमा पस्दा दुई दिनमा ताप्लेजुङका चार वटा घर जलेका छन् । करोडौंको क्षति भएको छ ।

शनिबार जंगलको आगो घरमा सल्कँदा पाथीभरा याङवरक २ थेचम्बुका स्थानीय अमृत बस्नेतको घरमा र मतानसहित सम्पूर्ण सामान जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बूका अनुसार बस्नेतको घरमा आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति भएको छ भने सुनचाँदी, नगद लत्ताकपडा, खाद्यन्न जलेर नष्ट भएको छ । बस्नेतको ढुङगा माटोेले बनेको ३ तले घरमा थियो ।

शुक्रबार पनि सोही पालिकाको वडा नं. ४ डुम्रिसेमा जंगलमा लागेको आगो घरमा सल्कँदा चन्द्रबहादुर साम्सोहाङ र मंगलसिंह साम्सोहाङको तीन तले दुई वटा घर र गोठहरूसमेत जलेर नस्ट भएको प्रहरीले जनाएको छ । सो घटनामा ५० लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

यसअघि मेरिङदेन गाउँपालिका –२ सान्थाक्रा र मिक्वाखोला –२ खोक्लिङमा पनि जंगलबाट आएको आगोले बस्तीका घर जलाएको डिभिजन वन कार्यालय ताप्लेजुङ जनाएको छ । सुख्खायाम सुरु भएसँगै ताप्लेजुङका विभिनन वनमा डढेलो बढेको छ भने नजिकैका बस्ती उच्च जोखिममा छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics