आगलागीको सम्भावित जोखिमप्रति सतर्कता अपनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकका विभिन्न क्षेत्रमा आगलागीका कारण भएको जनधनको क्षति प्रति दुःख व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘भोजपुरलगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट धनजनको क्षति भएको घटनाले मर्माहत तुल्याएको छ। घटनाप्रति गहिरो दुख व्यक्त गर्दै आगलागीबाट हुनसक्ने सम्भावित जोखिमप्रति पूर्वसचेतता अपनाउन सम्पूर्ण जनसमुदायमा अनुरोध गर्दछु।'



भोजपुरको हतुवागढी - ७ पात्लेपानीमा शनिबार भएको आगलागीको घटनामा तीन जना बालबालिकाको मृत्यु भएको थियो । त्यस्तै ताप्लेजुङ, तेह्रथुम मोरङलगायतका जिल्लामा पनि आगलागीको घटना भएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics