वन अधिकृतसहित २४ विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आइतबार आयोगले २४ जनाविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

उनीहरुविरूद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बिगो माग दाबी गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics