हात्तीको आक्रमणबाट मोरङमा दुईजना घाइते

एआईबाट तयार पारिएको सांकेतिक तस्बिर ।

मोरङ – मोरङमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा सुन्दरहरैँचा नगरपालिका–६ का ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय रहेको मोरङ प्रहरीले जनाएको छ ।

उनीहरूलाई आइतबार साँझ घाँस काट्न शिवम् साझेदारी वन गएका बेला हात्तीले आक्रमण गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

हात्तीले श्रेष्ठको खुट्टामा कुल्चिएको र रायलाई सुँडले हानेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार जंगली हात्ती १५÷२० वटाको संख्यामा देखा परेका थिए ।

त्योमध्ये एउटा हात्तीले आक्रमण गरेको हो । घटनापछि हात्तीको बथान जंगलतर्फ लागेको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र रायको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics