प्रजननका लागि आयात गरिएको मानव अण्डामै रोग भेटिएपछि…

तेल अभिव (इजराइल) - महिलाको इन भिट्रो फर्टिलाइजेसन (आइभीएफ) उद्देश्यका लागि आयात गरिएको निषेचित अण्डा आनुवंशिक हेमोफिलिया रोग लागेका दाताबाट आएको पाइएको छ ।

इजराइली स्वास्थ्य मन्त्रालयका अनुसार अण्डा जर्जियाको बर्थ नामक क्लिनिकबाट आयात गरिएको हो ।

रगत जम्ने कारक तत्व आइएक्सको कमीका कारणले लाग्ने हेमोफिलिया बी रोगलाई क्रिसमस रोग पनि भनिन्छ । आइएक्स रगतमा रहेको प्रोटिन हो । यसले रगत जम्न मद्दत गर्दछ । यसको अभावमा हेमोफिलिया बी भएका मानिसमा चोटपटक वा शल्यक्रियापछि सामान्यभन्दा लामो समयसम्म रगत बग्छ ।

यी आनुवंशिक वाहकहरू भएका अण्डाबारे जानकारी दुवै विदेशी र इजराइली क्लिनिकका कर्मचारीलाई उपलब्ध रहेको आशङ्का गरिएको छ । यद्यपि भ्रूणहरू इजराइल भित्र्याइयो । निषेचित अण्डा इजराइली बिरामीहरूमा प्रत्यारोपण गरिएको थियो ।

यस विषय निर्क्योल गर्न सार्वजनिक सहायता आयुक्तले वकिल कार्यालय र इजराइली प्रहरीको सहकार्यमा एक निरीक्षण समितिको गठन गर्न आदेश दिनुभएको छ । स्वास्थ्य मन्त्रालयले हाल यस एकाइबाट अण्डा र उर्वर अण्डाहरूको आयातमा तत्काल रोक लगाएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले इजराइलका सबै आइभिएफ एकाइका प्रबन्धकलाई त्यस्ता अण्डा प्रयोग गर्ने महिला खोजी गरी उनीहरूलाई ती अण्डाको प्रयोगमा हुने जोखिमबारे जानकारी दिन आदेश दिएको छ । -एजेन्सीकाे सहयाेगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics