पोखराको काहुँडाँडामा डढेलो, नियन्त्रणमा समस्या

पोखरा – पोखरा महानगरपालिका स्थीत काहुँडाँडामा भीषण डढेलो सुरु भएको छ । सोमबार रातीबाट डढेलो सुरु भएको हो ।

फूलबारी मणिपाल शिक्षण अस्पतालदेखि माथिको जंगलमा आगलागी भएको स्थानीयले जानकारी दिए ।

वडा नं. ११ का अध्यक्ष प्रेम कर्माचार्यका अनुसार यो समाचार तयार पार्दा सम्ममा डढेलो नियन्त्रणका लागि दमकल पुगेको भए पनि बाटो सहज नहुँदा नियन्त्रणमा समस्या भएको छ । उनका अनुसार केही दिनदेखि पटक–पटक आगलागी भइहेकोमा अहिले भने यसले ठूलो रूप लिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली त्यस स्थानमा पुगी जोखिममा रहेका घरहरु बचाउने प्रयासमा छन् । आगो निकै भीषण भएकाले नियन्त्रण लिन कठिन भइरहेको र केही घरहरू जोखिममा रहेको बताइएको छ । आगलागीको कारण खुलेको छैन ।


नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics