पाटेबाघको छालासहित नेपालगन्जमा कार्की पक्राउ

पाटेबाघको छालासहित पक्राउ परेका चन्द्रबहादुर कार्की ।

नेपालगन्ज – दुर्लभ पाटेबाघको छालासहित नेपालगन्जमा एक व्यक्ति पक्राउ परेका छन् । बराहताल गाउँपालिका–२ पाक्मा सुर्खेतका २८ वर्षीय चन्द्रबहादुर कार्कीलाई प्रहरीले बुधबार दिउँसो दुर्लभ पाटेबाघको छालासहित पक्राउ गरेको हो ।

उनलाई नेपालगन्ज उपमहानगरपालिका–२ पुष्पलाल चोकस्थित एक होटलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

पुष्पलाल चोकस्थित रोयल महाबुब होटलको तेस्रो तलामा रहेको १०१ नम्बरको कोठाबाट ५ फिट ९ इन्च लम्बाई र ३ फिट २ इन्च चौडाइ भएको पाटेबाघको छालासहित कार्की पक्राउ परेका हुन् ।

सो होटलमा पाटेबाघको छालाको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले होटलको तलासी गर्दा सो कोठामा कार्कीले कालो रङको झोलामा लुकाइ राखेको अवस्थामा सो छाला बरामद गरिएको प्रनाउ डाँगीले बताए ।

पक्राउ परेका कार्कीलाई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics