पाथीभरा क्षेत्रको सामुदायिक वन ओगटेका वस्ति चाँडै हटाउनेछौं : नगर प्रमुख मादेन

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा क्षेत्रमा सामुदायिक वनको जग्गा ओगटेर बसेकाहरूलाई नगरपालिकाले कुनै पनि समय हटाउन सक्ने फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले चेतावनी दिएका छन् ।

पाथीभरा क्षेत्र विकास समितिद्धारा बुधबार आयोजित प्रगती प्रतिवेदन सार्वजनीक कार्यक्रममा बोल्दै उनले सामुदायिक वनको जग्गामा बसेर, रूख दाउरा काटेर वन विनास गरेको र सरकारको निर्णय विपरितका गतिविधि गरेको भन्दै कुनै पनि समय यहाँबाट बस्ति उठाउन नगरपालिकाले तयारी गरिरहेको बताए । ‘गृह मन्त्रालयले पनि अहिले सार्वजनीक जग्गा खाली गराउनु भनेको छ फुङलिङ नगरपालिकाले त्यो वस्ति उठाउने निर्णय गर्न सक्छ र गर्छ पनि,’ उनले भने ।

सार्वजनीक वस्तिमा बसेकाहरूलाई नगरपालिकाले मंगलबार छलफलकालागि बोलाएको थियो । तर, छलफलमा कोही नआएपछि उनी झनै आक्रोशित बनेका थिए । पाथीभरा क्षेत्रमा सामुदायिक वनको जग्गामा ४० परिवार वसोवास गर्दै आएको नगरपालिकाको दाबी छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics