योजना आयोगमा वातावरण बुझेका विज्ञ

काठमाडौं – सरकारले यसपटक भने राष्ट्रिय योजना आयोगमा वातावरण बुझेका चार जना सदस्य नियुक्त गरेको छ ।

विहिबार बिहान बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंकी संगीता सिंह, जुम्लाका डा कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाण्डेलाई आयोगको सदस्यमा नियुक्त गरिएको हो ।

अधिकारी त्रिवि अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख हुन् भने संगीता सहरी विकास विज्ञ हुन् । पाँडे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य तथा जलवायु विज्ञसमेत हुन् । सिंह, महत र अधिकारी एमाले तथा पाण्डे रास्वापाको कोटाबाट सदस्य बनेका हुन् ।

यस्तै, बैठकले नेपालका ३ जना र कोरियाका ७ जना गरी १० जनालाई सिन्धुपाल्चोकस्थित जुगल– १ र जुगल–२ हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय पनि गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्राङ्कीत बिशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणी पौडेललाई बढुवा गर्ने निर्णय गरिएको पनि प्रवक्ता शर्माले जानकारी दिइन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics