सामुदायिक वनको अन्तर्राष्ट्रिय सञ्जालको अध्यक्षमा भारती

काठमाडौं - बागमती प्रदेश सभाकी सदस्य तथा प्राकृतिक स्रोत साधन व्यवस्थापन अभियान्ता भारती पाठक सामुदायिक वनहरूको अन्तर्राष्ट्रिय सञ्जालको संयोजक चुनिएकी छन् ।

केही साता नैरवीमा भएको भेलाले नेपालको प्रतिनिधित्व गर्दै पाठकलाई संयोजकमा चयन गरेको हो ।

उनले सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को केन्द्रीय अध्यक्ष, महासचिव तथा कोषाध्यक्षका रूपमा काम गरिसकेकी छन् ।

मकवानपुरकी पाठक २० वर्षदेखि सामुदायिक वनको क्षेत्रमा निरन्तर सक्रिय छिन् । उनी नेकपा (एमाले) वन तथा वातावरण विभाागकी प्रमुखसमेत हुन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics