हिउँको घुम्टो पाथीभराले ओढेपछि…(फोटो फिचर)
- नेचर खबर
ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा क्षेत्र हिउँले ढपक्क ढाकेको छ । बुधबारदेखि परेको वर्षासँगै विहीबार विहानबाट हिमपात हुँदा पाथीभरा क्षेत्रको सौन्दर्य अझै बढेको छ ।
समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा बाक्लो हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । उनले यस क्षेत्रमा भएको हिमपातको तस्बिर समेत सामाजिक सञ्जालमा राखेका छन् ।
हेरौं महतले आफ्नो क्यामरामा कैद गरेका पाथीभरा क्षेत्रका ८ तस्बिर ।
प्रतिक्रिया दिनुहोस