सौराहाबाट गैंडा स्थानान्तरण गर्नु गलत : रेवान

काठमाडौं – चितवनको सौराहाबाट गैंडा स्थानान्तरण गर्नु गलत भएको भन्दै यस्ता कार्य रोक्न रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाले सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ ।

रेवनका अध्यक्ष ध्रुव गिरीले संस्थाका तर्फबाट एक वक्तव्य सामाजिक सञ्जालमा जारी गर्दै चितवन राष्ट्रिय निकुञ्जले पर्यटन व्यवसायी संग आवद्ध कुनै पनि संघ–संस्थाहरूसंग समन्वय नगरी एक्कासि गैंडा स्थानान्तरण गरेकोमा गम्भीर ध्यानाकर्षण भएका बताएका हुन् ।

अध्यक्ष गिरीले सौराहामा हुर्कीएको भाले गैंडालाई स्थानान्तरण गरिएकोमा अझै आपत्ती जनाए । उनले लेखेका छन्, ‘पर्यटकिय नगरी सौराहाको वस्तीमा हुर्किएको भाले गैंडाले सौराहाको मात्र नभई समग्र चितवनको गरिमा बढाएको थियोे । सौराहाको गाउँ टोलमै गैंडा अवलोकन गर्न पाइने अवसरले आन्तरिक तथा बिदेशी पर्यटकहरूको मनै लोभाइ रहेको बेला र आर्थिक मन्दीका कारण पर्यटन व्यवसाय सुस्ताएको बेला यसरी गैंडा स्थानान्तरण गरिनु समायानुकुल उचित नरहेको व्यहोरा जानकारी गराउँदछौं ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics