पारिवारिक निजी वन संघ ताप्लेजुङको अध्यक्षमा गुरुङ

ताप्लेजुङ – पारिवारिक निजी वन संघ नेपाल ताप्लेजुङको अध्यक्षमा इन्द्रबहादुर गुरुङ पुनः निर्वाचित भएका छन् । आइतबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले गुरुङको अध्यक्षतामा १५ सदसिय नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा तोयानाथ गौतम, सचिवमा वसन्त पालुङ्वा, उपसचिवमा माला पालुङ्वा र कोषाध्यक्षमा गणेशकुमार श्रेष्ठ छन् भने सदस्यहरूमा दिनेश अधिकारी, गंगा लिङ्खिम, मोहन निरौला, बेदनिधी पौडेल, संगिता कार्की, गायत्री भण्डारी, सुवास घिसिङ, हर्कबहादुर गुरुङ, बिष्णुमाया गुरुङ र भद्रवीर रेग्मी चयन भएका छन् ।

नवगठित समितिका पदाधिकारी र सदस्यलाई पारिवारिक निजी वन संघ नेपाल कोशी प्रदेश समितिका सदस्य यिगेन्द्रकुमार गुरुङ शपथग्रहण गराएका थिए ।

बन्दसत्र अघिको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गुरुङ, पारिवारिक निजी वन संघ नेपाल कोशी प्रदेश समिति सदस्य चन्द्रा खतिवडा भट्टराई, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझा, पत्रकार महासंघ ताप्लेजुङका सचिव सुवास आचार्य, पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी लगायतले संस्थाले जिल्लामा वन संरक्षणका लागि रचनात्मक काम गर्नुपर्ने आसय सहितको शुभकामना मन्तव्य राखेका थिए ।

जमिनको दिगो व्यवस्थापन गर्दै हुर्काकाएको वनबाट गरिवी न्यूनीकरण गर्दै समृद्ध राष्ट्र निर्माणमा टेवा पु¥याउने लक्ष्य सहित २०७१ फागुन २४ गते पारिवारिक निजी वन संघको राष्ट्रिय तदर्थ समिति गठन भएको थियो । ताप्लेजुङमा भने २०७४ सालमा यो गठन भएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics