यस्तै हुन्छ चराको गुँड भत्काएर विमानस्थल बनाएपछि…
समाचार टिप्पणी
- नेचर खबर
काठमाडौं – आइतबार विहान पोखरा क्षेत्रको मौसम राम्रै थियो । वायु सेवा कम्पनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण राम्ररी नै हुने सोचे, र जहाज उडाए काठमाडौंबाट । तर, चराको बथानै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएपछि यती एयरलाइन्सको काठमाडौं–पोखरा रूटको ६७३ जहाज अवतरण गर्न नसकी १ घण्टापछि काठमाडौं फर्कियो । यसै रूटको ६९० जहाज पनि चराको गतिविधि बढेसँगै ‘डिले’ भयो । बुद्ध एयरका उडानहरू समेत प्रभावित भए । चराले आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कब्जा नै गरे भन्दा पनि फरक पर्दैन ।
आखिर पोखरामा नयाँ बनेकाे यो विमानस्थलमा आइतबार किन आए चरा ? र, बारम्बार किन यसरी छेकिरहन्छन् यहाँ जहाज ? विमानस्थल बनेदेखिको प्रश्न हो अनि समस्या पनि । यस क्षेत्रका स्थानीय यो प्रश्नको सहजै जवाफ दिन्छन् । भन्छन्, ‘चरा बस्ने र रमाउने ठाउँमा विमानस्थल बनाएपछि यस्तै हो ।’ ‘चरालाई पनि त बस्ने, रमाउने र आहारा खाने ठाउँ चाहिन्छ,’ पोखराका स्थानीय विक्रम थापाले तत्कालै जवाफ फर्काए । विमानस्थलमा चराको बथान आएपछि सामाजिक सञ्जालमा यस्तै जवाफ आइरहेका छन् ।
चरा बोल्न पो सक्दैन त । यदी बोल्ने र आफ्ना माग राख्न सक्ने भएको भए उनीहरू पनि आन्दोलित हुन्थे । विमानस्थल निर्माण रोक्थे होलान् । ज्ञापन पत्र बुझाउँथे होलान् । तर, मानिसले यहीँ कमजोरीका कारण चराको गुँड भत्काए । त्यहाँबाट लखेटे र विमानस्थल बनाए, आफ्नो स्वार्थको लागि ।
विमानस्थलमा किन आउँछन् चरा ?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरा महानगरपालिका–१४ छिनेडाडाँमा छ । यहाँ विमानस्थल बन्नु अघि यो क्षेत्र चराचुरुंगीको बासस्थान थियो । यहाँ उनीहरू रमाउँथे, बस्थे र खेल्थे । तर, अहिले त्यहाँ चरा होइन जहाज उत्रने स्थल बनायो । आफै सम्झनुस् त, अब यहाँ किन आउँछ चार ?
यो ठूलो क्षेत्र पनि मासेर चरा खेदाउँदै विमानस्थल बनाएपछि अनि बेला मौका चराले पनि त विमान खेदाउने भए नै । चरालाई थाहा छ, पानी परेपछि जमिनमा किरा, फट्याग्रा निस्कन्छन् र खान पाइन्छ । उनीहरू यो खुल्ला क्षेत्रमा बढी आहारा भेट्ने भन्दै आइतबार पनि बथानै पुगेको हुन सक्छ ।
चराहरूले खुल्ला ठाउँमा आफ्नो आहारा सहजै भेट्न सक्ने भएकाले प्राय विमानस्थल आसपास चरा पुगेकै हुन्छन् । त्यसैले विमानस्थल बनाउनु पूर्वः यो क्षेत्रको विषयमा गम्भिर हुनुपथ्यो । चराका लागि ठाउँ खोजेर त्यस तर्फ आकर्षित गर्न सक्नुपथ्र्यो । विमानको जोखिम चरा हो भन्ने थाहा पाउँदा पाउँदै जोखिम मोलेर विमानस्थल बनाउँदाको परिणाम अहिले देखिएको छ । यसैकारण कुनै समय यहाँ चराकै कारण दुर्घटना हुन सक्ने विज्ञ बताउँछन् ।
चराको गुँड नै भत्काएपछि..
चरा बोल्न पो सक्दैन त । यदी बोल्ने र आफ्ना माग राख्न सक्ने भएको भए उनीहरू पनि आन्दोलित हुन्थे । विमानस्थल निर्माण रोक्थे होलान् । ज्ञापन पत्र बुझाउँथे होलान् । तर, मानिसले यहीँ कमजोरीका कारण चराको गुँड भत्काए । त्यहाँबाट लखेटे र विमानस्थल बनाए, आफ्नो स्वार्थको लागि । तर, क्षति मानविय पनि भइरहेको छ यसै कारण । आइतबार पनि विमानसेवा कम्पनीले आर्थीक क्षति भोग्नै पर्यो र यात्रुले मानसिक । अहिले विमानस्थल निर्माणले चराहरूको पुरानो बासस्थान साँघुरिदैं जादाँ चराचुरुंगी लोप हुने खतरा बढेको छ । अर्कोतिर चराकै कारण हवाई दुर्घटनाको जोखिम बढाएको छ ।
चराबारे जानकारी राख्नेहरूका अनुसार ४० वर्ष अघि छिनेडाँडा चराहरूको बासस्थल हो । खुला ठाँउ थियो । सिंचाईको नहर थियो छ । नजिकै विजयपुर खोला छ । खोला र नहरमा बगेर आउने जीवजन्तु चराचुरुंगीको आहारा हुन्थ्यो । ठूला सिमलका रुखहरू थिए । अहिले पनि नहर छ । खोला छ । तर फाँट भने छैन । फाँटको आधाजसो भागमा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसहित पूर्वाधार बनेका छन् । आधा जसो त घडेरीमा परिणत हुदैं घर बनेका छन् ।
विमानस्थल निर्माणअघि बनाइएको वातावरणीय प्रभाव मूल्यांकनले पनि चराको समस्या लुकाएकै हो । छिनेडाँडा क्षेत्रमा विभिन्न संकटापन्न चराहरू पाईने भए पनि त्यहाँ उल्लेख गरिएन । संकटापन्न चरामध्ये बढी गिद्धहरू पनि छन् । एक अध्ययनमा पोखरा–१४ छिनेडाडाँमा १६४ प्रजातिका चराहरू पाइने उल्लेख छ । पंक्षी समाज पोखरामा रहेर काम गरेका हेमन्त ढकालका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल पहिला फाँट थियो, अहिले फाँट हटाएकाले यो समस्या आयो ।
छिनेडाँडा वरिपरी ती चरा भेटिन्थे । विमानस्थल बनेसँगै चराहरूको बासस्थान अन्यत्र सार्नुपर्छ । चराहरूलाई अन्यत्र आकर्षण गर्न सक्नुपथ्यो । तर, त्यस विषयमा ध्यान दिइएन । अब यो विषयमा पनि सोचौं । नत्र चराले जहाज खेदिरहने छ ।
अब के गर्ने ?
भनिन्छ – ‘विकास सँगै विनास पनि आउँछ ।’ अहिले त्यो भइरहेको छ । केही समय अघि पनि बुद्ध एयरको जहाजमा चरा ठोकिएर झरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । अहिले चरा यहाँ विनास भयो होला, तर यसको नोक्सान मानिसले पनि भोग्ने समय आउन सक्छ । कुनै समय चरा ठोकिँदा चरा सँगै जहाज झर्यो भने ? यो विषयलाई पनि गभिर रूपमा सोच्न आवश्यक छ । चरालाई जबरजस्ति धपाएर मात्रै यसको समाधान होला ? चरा धपाउन कर्मचारी राखेर मात्रै समस्या हल होला ? अवश्य हुँदैन । किनकी हामी प्रकृतिको नियम भन्दा पर गयौं भने त्यसले असर गर्छ नै ।
यस क्षेत्रका चराका विषयमा अध्यन गरेका भन्छन्, ‘छिनेडाँडामा देखिने ठेउवा चरा अहिले देखिदैन् ।’ छिनेडाँडा वरिपरी ती चरा भेटिन्थे । विमानस्थल बनेसँगै चराहरूको बासस्थान अन्यत्र सार्नुपर्छ । चराहरूलाई अन्यत्र आकर्षण गर्न सक्नुपथ्यो । तर, त्यस विषयमा ध्यान दिइएन । अब यो विषयमा पनि सोचौं । नत्र चराले जहाज खेदिरहने छ ।
संकटापन्न चरा संरक्षण गर्न सरकारले चासो देखाए पनि विमानस्थल निर्माणपछि निम्त्याउने असर र प्रभावलाई भने सरकारले ख्याल गरेको देखिँदैन । विशेष गरी गिद्धहरु बढी जोखिममा पर्छन् । डंगर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्ध संकटापन्न अवस्थामा छन् । ती गिद्धको बासस्थान नै विजयपुर खोला आसपास हो । एकैदिन ३५० बढीको संख्यामा गिद्धको गणना गरिएको छ । पोखरामा पछिल्लो समय कालो चिल बढी देखिन्छ । कालो चिल बढी देखिनुको मुख्य कारण प्रदुषणको संकेत हो । हवाई उडानमा समेत यस्ता चराले जोखिम निम्त्याउने हुँदा समयमै गम्भिर बनौं ।
प्रतिक्रिया दिनुहोस