डिएनए नबुझ्दा समस्या : नविन मुनंकर्मी

विश्वमा सन् २००३ देखि मनाउन सुरु गरेको डिएनए डे नेपालमा सन् २००८ देखि निरन्तर रुपमा मनाइने गरेको छ । नेपलमा बायोटेक्नोलोजि सोसाइटि अफ नेपालले यो दिवस मनाउन सुरु गरेको हो । हरेक वर्ष अप्रिल २५ मा मनाइने डिएनए डे नेपालमा पनि मनाउने गरिएको छ । यस वर्षको डिएनए डे मा डिएनएको महत्व र यस सम्बन्धि बायोटेक्नोलोजि सोसाइटि अफ नेपालले बायोटेक्नोलोजिको जानकारी दिन विविध कार्यक्रमको आयोजना गरेको छ । यसै विषयमा केन्द्रित रहेर बायो टेक्नोलोजि सोसाइटि अफ नेपालका अध्यक्ष नविन नारायण मुनंकर्मी सँग नेचर खबरले गरेको कुराकानी :



डिएनए के हो ?
डिएनए हाम्रो एउटा हेरिडिटि युनिट हो जुन हम्रो सन्ततीसँग सम्बन्धित रहन्छ । कतिपय अवस्थामा आमाबाबुको विशेषता छोराछोरीमा सरेको पाइन्छ । जसको कारण फिजिकल युनिट हो । यसलाई हामी डिएनए पनि भन्छौँ । यही फिजिकल युनिटको बैज्ञानिक संरचनाको सन् १९५३ मा वेस्टर्न एन्ड क्रिपले अप्रिल २५ मा जानकारी बाहिर ल्याएपछि यसको चर्चा हुन थालेको हो । जीव विज्ञानसँग सम्बन्धित डिएनएको कम्पोनेन्ट कसरी विकास भएको छ भन्नेकुराको अध्ययन भएपछि नै डिएनए डे सन् २००३ देखि मनाउन थालीएको हो । नेपालमा भने बायोटेक्नोलोजि सोसाइट अफ नेपालले सन् २००८ देखि लगातार रुपमा डिएनए डे मनाउँदै आइरहेको छ ।

डिएनए डे नेपालमा कसरी मनाउन सुरु भयो ?
समाज बायोटेक्नोलोजि भित्रै रहेको हुन्छ । समाजमा हुने हरेक क्रियाकलाप बायोटेक्नोलोजिसँग सम्बन्धित रहन्छ । हाम्रो समाजमा हामी सबैले डिएनए बुझ्न जरुरी भएकाले डिएनए आम जनतालाई बुझाउन यो डे मनाउन सुरु गरेका हौँ । डिएनएको एड्भान्समेन्ट भइसकेपछि नै बायोटेक्नोलोजिको कुरा हुने भएकाले यसको विकास यसको अवस्थाकाे जानकारी राख्नु आवश्यक छ । डिएनएको जानकारी र यसको विशेषता आम मानिसमा बुझाउनका लागि नै हामीले यो दिवस मनाउने गरेका हौँ ।

बायोटेक्नोलोजि सोसाइटि अफ नेपालले डिएनएको सन्दर्भमा के कस्ता काम गर्दै आइरहेको छ ?
हामीले बायोटेक्नोलोजी सोसाइटि मार्फत डिएनएको जानकारी गराउँदै आइरहेका छौँ । डिएनए सँग प्रत्यक्ष रुपमा लाइफ साइन्स जोडिएको छ । यसैले गर्दा यसको अध्ययन अनुसन्धान गर्दै आइरहेका छोँ ।  जनचेतना समेत फैलाउँदै आइरहेका छौँ । यस सँग सम्बन्धित विद्यार्थी अन्य सरोकारवालाहरुलाई जानकारी गराउने हाम्रो मुख्य उद्देश्य हो । र यस्तै क्रियाकलाप गर्दै आइरहेका छौँ ।

विज्ञान सँग सम्बन्धित यस विषयलाई विज्ञान बाहेक अन्य क्षेत्रमा रहेका आम मानिसलाई यसबारे कसरी जानकारी गराउन सकिन्छ ?
हामीले डिएनए लाइफ साइन्ससँग सम्बन्धित छ भनेर भन्दै आइरहेका छौँ । यो वर्ष डिएनए डे लाई प्रत्यक्ष रुपमा समाजमा सम्बन्धित गराउने गरी लिङ्किङ विथ अदर सोसाइटिज भन्ने नारा समेत राखेर यो डे मनाउने तयारी गरिरहेका छौँ । माइक्रोबायोलोजी लगायत अन्य क्षेत्रलाई समेटेर डिएनए बुझ्न विभिन्न कार्यक्रम गरेका छौँ । अन्य क्षेत्रका मानिसलाई पनि बायोटेक्नोलोजि र डिएनए बुझाउन कार्यक्रममा हामीले विभिन्न स्टलहरु राख्ने छौँ । जसबाट बायोटेक्नोलोजी र डिएनए सम्बन्धी अरुले समेत जानकारी लिन सक्छन् । विभिन्न कलेजले स्टल राख्ने र त्यसबाट अरुले जानकारी लिन सक्छन् । साथै हामीले डिएनए मोडल, डिएनएसँग सम्बन्धित निबन्ध लेखन लगायतका कार्यक्रम समेत गर्ने तयारीमा छौँ ।

डिएनए मोडल के हो ?
डिएनए सम्बन्धि आर्ट प्रतिस्पर्धालाई डिएनए मोडल भनेका छौँ । विभिन्न क्रोमोजोम लगायत डिएनएको चित्र प्रस्तुत गरी यसबारे जानकारी दिने प्रक्रिया डिएनए मोडल हो । यस अन्तर्गत कागजमा मात्र नभएर तार फलाम माटो लगायत सामग्रीको प्रयोग गरेर डिएनएको मोडल तयार गर्नु डिएनए मोडल हो ।

विज्ञान बाहेक अन्य क्षेत्रमा डिएनएको जानकारी किन आवश्यक छ ? हाम्रो जिवनमा यसको कस्तो भुमिका रहेको छ ?
डिएनए प्रत्यक्ष रुपमा सबैको जिवनसँग सम्बन्धित रहेको छ । जिवन हुनकै लागि डिएनएको आवश्यकता छ । जहाँ कसैको जिवन छ त्यहाँ डिएनए रहेको हुन्छ । यसर्थमा पनि डिएनए बुझ्न सबैको लागि आवश्यक छ । सामान्यतया सानातिना रोगका कारण पनी डिएनए हुनसक्छन् । त्यस्तै गरी हामीले खाने खानाको स्वाद लगायत विभिन्न विषयहरु डिएनएसँग सम्बन्धित हुने गर्दछ । सामान्यतया रुघा लाग्ने कारण भाइरस भएपनी डिएनए अनुसार यसको प्रबृत्ति फरक देखिन्छ । डिएनएको फरकपनले गर्दा नै यस्ता कुराहरु हुने भएकाले डिएनए सबैले बुझ्नु जरुरी छ ।

बायोटेक्नोलोजीमा अहिलेको युवाहरुको कस्तो भुमिका रहेको छ ?
अहिलेको समयमा भन्नुपर्दा विज्ञान विषय पढ्ने विद्यार्थी कि त डाक्टर कि त इन्जिनियर बन्न खोज्छन् । यो विषयमा हुने विभिन्न रिसर्च लगायतका पक्षहरुले यो विषयमा विद्यार्थी अन्योलमा देखिन्छन् । विशेषगरी बायोटेक्नोलोजी अध्ययन गरेका विद्यार्थी नेपालमा भन्दा विदेशीने प्रचलन बढी छ । नेपालमा बायोटेक्नोलोजीको राम्रो अवसर नहुँदा विदेशीने प्रचलन बढेको हो ।

नेपालमा बायोटेक्नोलोजी अध्ययन गर्ने र गराउने अवस्था कस्तो छ ?
पछिल्लो समय बायोटेक्नोलोजी अध्ययन गर्नेको संख्या बृद्धी भएको देखिन्छ । यस विषयमा विभिन्न अनुसन्धानहरु सुरु भईसकेको छ । अहिले त बायोटेक्नोलोजीको रिसर्च गर्न विभिन्न रिसर्च सेन्टरहरु स्थापित भएका छन् । यसैगरी बायोटेक्नोलोजी सम्बन्धि इन्डस्ट्रि पनि नेपालमा खुलेको छ । रिप, सिएमडिएम इन्टरप्रेड, एभरेस्ट बायोटेक जस्ता संस्थाहरुले बायोटेक्नोलोजीको विविध पक्षमा काम सुरु गरेको छ । यसैगरी सरकारी स्तरमा पनि विविध रिसर्च हुन थालेका छन् । विश्वविद्यालयमा यसको अध्ययन अध्यापनमा उल्लेख्य बृद्धी आउन थालेको छ । यसैगरी विभिन्न अस्पतालमा बायोटेक्नोलोजीको रिसर्च हुन थालेका छन् । डाक्टरहरुले पनि यो बुझिसकेकी औषधिको सम्बन्ध जीनसँग रहेको हुन्छ । यसका लागी बायोटेक्नोलोजी बुझ्न जरुरी छ ।

सन् २००८ देखि हालसम्म डिएनए डे सेलिब्रेसन गर्दै आइरहनुभएको छ । कस्ता क्रियाकलाप हुँदै आइरहेका छन डिएनए डे मा ?
हामीले २००८ देखि डिएनए डे सुरु गर्दा विभिन्न गोष्ठी सेमिनारको आयोजना गर्दै आइरहेका छौँ । यसैमार्फत डिएनए र बायोटेक्नोलोजीसँग सम्बन्धित विविध विषयका जानकार व्यक्तिहरुलाई आफ्ना कुरा राख्न लगाएर जानकारी गराउँदै आएका छौँ । बायोटेक्नोलोजी पढ्ने विद्यार्थीहरुलाई यसबारे जानकार भएका व्यक्तिसँग अन्तक्र्रिया गरेर पनि यो दिवस मनाउदै आएका छौँ ।

यो वर्षको डिएनए डे कसरी मनाउने तयारी भइरहेको छ ?
यस वर्षको डिएनए डे हामीले काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र नास्टको सहयोगमा मनाउन लागेका छौँ । नेपालमा डिएनए डे मनाउन जैविक प्रविधी समाज नेपालले सुरु गरेको हो । कार्यक्रमको मुख्य उद्देश्य भनेको विज्ञान बाहेक अरु संकायका विद्यार्थीलाई पनि जैविक विज्ञानको महत्व बुझाउनु हो । यो वर्ष निबन्ध प्रतियोगिता, डिएनए मोडल प्रतिस्पर्धा, विज्ञान सम्बन्धि विविध भिडियो, डिएनए र प्रविधितर्फ विभिन्न अनुसन्धानकर्ताको प्रस्तुती लगायतका कार्यक्रम समावेस गरेका छौँ ।

कार्यक्रमको अवसरमा विभिन्न विज्ञान र प्रविधिसँग संलग्न विविध व्यक्तिहरुलाई अवार्ड प्रदान गरिने कार्यक्रम समेत राखिएको छ । विज्ञान र प्रविधिसँग संलग्न विविध व्यक्तिहरुलाई रिसर्च साइन्टिस्ट अवार्ड, बेस्ट बायोटेक स्टुडेन्ट अवार्ड, प्रेरणादायी व्यक्ति र कार्यक्रममा आयोजना भएका विभिन्न प्रतिस्पर्धाको विजेतालाई अवार्ड दिइनेछ । कार्यक्रममा जैविक प्रविधिसँग सम्बन्धि जानकारी दिने विभिन्न स्टल समेत रहनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics