नवनियुक्त वन राज्यमन्त्री कार्कीले लिए शपथ

काठमाडौं - नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले शपथ लिएका छन् ।

उनलाई सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्रीको प्रचण्डको सिफारिसमा सोमवार नै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य दीपक कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।

कार्की जनता समाजवादी पार्टी ९जसपा०बाट राज्यमन्त्री बनेका हुन् भने वन मन्त्रालयमा सोही पार्टीबाट नवलकिशोर साह सुडी मन्त्री रहेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics