एनआईसी एसिया बैंकद्वारा बिमाबापत १ करोड २० लाख भुक्तानी
- नेचर खबर
काठमाडौं - एनआईसी एसिया बैंकले १२ जना खातावालालाई प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले कुल १ करोड २० लाख बिमा रकम भुक्तानी गरेको छ ।
बैंकको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत यही असार १८ देखि फागुन १४ सम्ममा घातक रोगको बिमाबापत सात जना र दुर्घटनामा परेका पाँच जनालाई कुल १ करोड २० लाख बिमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बिमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको हो ।
बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहक तथा परिवार सदस्यलाई बिमा कम्पनीहरूले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो ।
बैंकको बिमासहितको निक्षेप योजनाअन्तर्गत हालसम्म ६ हजार ३ सय ६१ भन्दा बढीलाई १४ करोड ३८ लाख रुपैयाँभन्दा बढी बिमा दाबी रकम हस्तान्तरण भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस