रेडपाण्डा संरक्षणमा जापानी चिडियाखानाको साथ

काठमाडौं – जापानको एक चिडियाखानाले नेपालको रेडपाण्डा संरक्षणमा साथ दिने भएको छ । जापानी शहर फुकुओकाको ओमुता सिटी जूले नेपालमा रेडपाण्डा (हाब्रे) संरक्षणमा काम गर्ने रेडपान्डा नेटवर्कसँग सहकार्य गर्ने विषयमा शुक्रबार सम्झौता नै गरेको हो ।

नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पा र सिटी जूकी प्रवक्ता डा. कानाको तोमिसावाले समझदारीपत्र आदानप्रदान गरेका थिए ।

अब जापानी चिडियाखानले रेडपान्डा संरक्षणका लागि नेपालमा प्राविधिक सहयोग उपलब्ध गराउनेछ । प्राविधिक सहयोग जुटाउन जापानको चिडियाखानामा चन्दा बाकस राखी अवलोकनकर्ताबाट समेत चन्दा संकलन गरिने डा. तोमिसावाले जानकारी दिइन् ।

नेटवर्कका कार्यकारी निर्देशक शेर्पाले जापानको चिडियाखानासँगको सहकार्यले नेपालको रेड पान्डा संरक्षणमा नयाँ अभ्यास थालनी हुने बताए । उनका अनुसार रेड पान्डाको गतिविधि अवलोकनका लागि रेड पान्डा संरक्षित क्षेत्रमा क्यामेरा जडान गरिनेछ । साथै, रेडपान्डा संरक्षणका लागि स्थानीय सरकारका प्रतिनिधि, सर्वसाधारण र विद्यालयका बालबालिकाबीच सचेतनामूलक गतिविधि गरिनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics