तीन प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं - नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। मधेस र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भैरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेस प्रदेश र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics