जंगलमा दाउरा खोज्न जाँदा झापामा हात्तीको आक्रमण, श्रीमतीको मृत्यु, श्रीमान घाइते
- नेचर खबर

एआईबाट तयार पारिएको सांकेतिक तस्बिर ।
झापा - जंगली हात्तीको आक्रमणबाट बुधबार साँझ झापामा एक महिलाको मृत्यु भएको छ । झापाको शिवसाक्षी नगरपालिका ११ की पवित्रा भेटवालको बुधबार साँझ हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट पवित्राका पति दिलीप भेटवाल भने घाइते भएका छन् ।
उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । जंगलमा दाउरा खोज्न गएका उनीहरू हात्तीको आक्रमणमा परेका थिए । जंगली हात्तीको आक्रमणबाट यो वर्ष मात्र झापामा पाँच जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस