चढ्ने हो सगरमाथा ? बाटो खुल्यो



सगरमाथा चढ्नेहरुकालागी बाटो खुल्ला गरिएको छ । आइसफल डाक्टरहरुको सहयोगमा दुईहप्ता लगााएर भत्किएका बाटो पुनर्निर्माण गरिएको हो । हिमपातका कारण भत्किएका बाटो बनाउनुको साथै आरोहणको क्रममा प्रयोग हुने डोरी र भर्याङको समेत व्यवस्था मिलाईएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए ।

एसपिसिसीले हरेक वर्ष सगरमाथा आरोहण गर्नेहरुका लागि क्याम्प २ सम्मको बाटो निर्माण गर्दै आइरहेको छ । यो वर्ष पनि आठ जना आइसफल डाक्टरको सहयोगमा क्याम्प २ सम्मको बाटो बनाइएको हो । गत चैत्र ८ गतेबाटै आइसफल डाक्टरहरुले बाटो बनाउन थालेका थिए । मौसम खराबीको कारण समस्या भएको भएपनी दुईसातामा बाटो निर्माण कार्य सम्पन्न भएको एसपिसिसीका कार्यक्रम अधिकृत राईले जानकारी दिए ।

आङकामी शेर्पाको नेतृत्वमा आङसार्की शेर्पा, निमादोर्जी शेर्पा, मिङमा छिरी शेर्पा, याङडा शेर्पा, मिङमा तेम्बा शेर्पा, फुछेतार शेर्पा र फुकितार शेर्पाले क्याम्प २ सम्मको बाटो बनाएका हुन् । हरेक बर्ष हिमाल आरोहणको समय अघि बाटो बनाउने गरिन्छ । बाटो बनेसँगै हिमाल आरोहण गर्नेहरुका लागी सगरमाथा शिखरको बाटो खुल्ला भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics