‘ढुंगागिट्टी–बालुवा सम्बन्धी विधेयक छिटो टुगिन्छ’

काठमाडौं – सरकारले ढुंगागिट्टी–बालुवा सम्बन्धी विधेयक छिटो टुंगोमा पुर्‍याउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकलाई सम्बोधन गर्दै यो विधेयकलाई छिटो टुंग्याइने बताएका हुन् ।

यो विधेयकले टुंगो पाएसँगै स्थानीय तहदेखि प्रदेशले समेत उठाएका निर्माणसँग सम्बन्धित समस्या समाधान हुने उनको भनाइ छ । उनले काम गर्न नसक्ने हो भने पद ओगटेर बसिराख्नु आवश्यक नरहेको बताए ।

संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरकार गम्भीर रहेको भन्दै उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयेगले उठाएका विषयलाई गम्भीर रुपले लिएको बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics