मुस्ताङको मार्फाखोलामा अचानक कसरी आयो बाढी ?
- नेचर खबर

मुस्ताङ - मुस्ताङको घरपझोङ गाउँपालिका ३ मार्फामा पर्ने राजखोला (मार्फाखोला) मा बिहीबार दिउँसो आएको बाढीले बेनी-जोमसोम खण्डको यातायात रोकिएको छ ।
धौलागिरि दोस्रो र टुक्चेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा ठाडो खहरेखोलामा बाढी आएको जनहित मावि जोमसोमका शिक्षक सुदीप नेपालीले जनाए ।
छायावृष्टि हुने सुक्खा बलौटे भूगोल भएको मुस्ताङमा पछिल्ला वर्ष बाढीपहिरोले दु:ख दिन थालेको छ ।
उनका अनुसार ठाडो खहरे खोलामा कालो लेदो माटोसहितको बाढी आएपछि बेनी-जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस