नेपाल वन प्राविधिक संघको अध्यक्षमा ४ जनाको उम्मेदवारी

काठमाडौं – नेपाल वन प्राविधिक संघको चैत २४ गते हुने निर्वाचनका लागि अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ ।

तोकेको समय भित्र अध्यक्षमा उम्मेदवारी दिनेहरुमा यज्ञनाथ दाहाल, राकेश कर्ण, विजयराज पौडेल र गौरीशंकर तिमला रहेका छन् ।

यस्तै उपाध्यक्षमा ३, महासचिवमा ५, सचिवमा ७, कोषध्यक्षमा ३ र सदस्यमा २४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारहरुको नामावली केन्द्रिय निर्वाचन समितिले प्रकाशन गरेको छ ।

संघको सोह्रौ कार्यसमितिको लागि निर्वाचन २४ गते विहान १०ः०० बजेबाट बेलुका ५ः०० बजे सम्म मतदान हुने छ ।
उम्मेदवारी दिनेको नामावली यस्तो छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics