दैलेखमा चट्याङ लागेर बालिकाको मृत्यु

दैलेख - दैलेखको भैरवी गाउँपालिका ६, तोरीमूल बस्तीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

बाख्रा चराउन गएका बेला एक्कासि परेको चट्याङले उनी अचेत भएकी थिइन । चट्याङ लागेर घाइते बालिकालाई उपचारका लागि सुर्खेत लैजाने क्रममा चुप्रानजिक मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत्यु हुनेमा १३ वर्षीया शर्मिला कँडेल छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics