प्रकृति संरक्षण कोषलाई पशु अधिकारकर्मीको प्रश्न : ‘बाघको जनासंख्या बढाएको खोरमा थुनेर मार्न हो ?’

काठमाडौं – पर्सा राष्ट्रिय निकुञ्जको खोरमा उद्धार गरी राखिएका बाघ धमाधम मरेपछि पशु अधिकारकर्मीहरू सडकमा उत्रिएका छन् ।

उनीहरूले खोरमा भएका बाघको मृत्युको विरोधमा मंगलबार राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय अगाडि प्रर्दश गरेका हुन् । खोरमा राखेर समयमा खानेकुरा नदिने र सरसफाइमा ख्यान नगरी जनावरको शोषण गरेको उनीहरूको आरोप छ ।

पछिल्लो ५ महिनामाको अवधिमा निकुञ्जको खोरमै तीनवटा बाघको मृत्यु भएको थियो । निकुञ्जले साँघुरो खोरमा बाघ राख्दै आएकाले बस्न अनुकूल वातावरण नभएपछि बिरामी भएर मृत्यु भएको पशु प्रेमीहरू बताउँछन् ।

चितवनबाट उद्धार गरी ल्याएको ८ वर्षको वयस्क भाले बाघको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा शुक्रबार मृत्यु भएको थियो । उता पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा भने उद्धार गरेर ल्याइएको बाघलाई लामो समय खोरमा राख्नुपर्दा बिरामी भएर मरेको दाबी गर्छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics