झापाको मेचीनगरमा भेटियो ९ फिटको अजिंगर

झापा – झापाको मेचीनगर–७ सतिघट्टामा मंगलबार ९ फिट लामो अजिंगर फेला परेको छ ।

उक्त अजिंगरलाई मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलको नेतृत्वमा उद्धार गरी बुद्धशान्ति–५ स्थित पाँचपोखरी सामुदायिक वनमा लगेर छाडिएको छ ।

उक्त वयस्क अजिंगर लगभग १० केजी तौलको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics