चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत फेला, चालु आर्थिक वर्षमै १९ गैंडा मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अन्दाजी ३२ वर्षको उक्त भाले गैंडा प्राकृतिक कारणले मरेको हो ।

चैत ३ गते निकुञ्जको कोर क्षेत्र कसराबाट माडीको बगई सेक्टरमा जाने बाटो नजिकै सो मृत फेला परे पनि ढिलो मात्रै जानकारी पाएको उनले बताए ।

निकुञ्जले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा मात्रै १९ वटा गैंडा मृत भेटिएका छन् । तीमध्ये १५ वटा प्राकृतिक कारण (बुढो भएर, बाघको आक्रमण र रोग लागेर), चोरी सिकारीबाट तीन र कारण नखुलेको एक गैंडाको मृत्यु भएको छ ।

निकुञ्जमा चालु वर्षको चैत २१ गतेसम्म ३ वटा बाघ, ५ वटा हात्ती, मगर गोही २ र घडियाल गोही १ वटाको मृत्यु भएको छ । यो वर्ष जम्मा ५८ वटा विभिन्न वन्यजन्तुको मृत्यु भएको छ भने १६३ वटा वन्यजन्तुको उद्धार गरिएको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics