प्रधानमन्त्रीद्वारा गोर्खा दरबारमा बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन
- नेचर खबर
गोरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातात्त्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् । गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा शुक्रबार आयोजना गरेको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् ।
उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गर भने जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेखसमेत गरेका छन् ।
गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली उद्योग, बुढी गण्डकी जलविद्युत आयोजना एवम् पार्क निर्माणमा आफ्नो ध्यान जाने बताए । गोरखा जिल्लामा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्त्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस