तिब्बती मोहडातर्फबाट सगरमाथा आरोहणको अनुमति दिँदै चीन

काठमाडौं - चीनले कोरोना महामारीपछि पहिलो पटक तिब्बती मोहडातर्फबाट सगरमाथा आरोहणको अनुमति दिने भएको छ ।

चाइना तिब्बत माउन्टेनियरिङ एसोसिएसन-सी-टी-एम-एले चीनतर्फबाट आरोहण गर्न अनुमति दिने गरेको छ । सीटीएमएले नयाँ सिजनका लागि शुल्क निर्धारण गरेपछि आरोहणको दर्ता प्रक्रिया खुल्ला हुने सीएनएनले जनाएको छ । नयाँ शुल्कमा याक, गाइड, अनुवादक र तिब्बतको ल्हासाबाट सगरमाथा आधार शिविरसम्मको यातायातको लागत समावेश हुनेछ ।

चीनको भिसा पाएका विदेशी पर्यटकले आरोहणका लागि तिब्बतको छुट्टै भिसासमेत लिनुपर्ने हुन्छ । गैर-चिनियाँ पर्वतारोहीका लागि चीनमा प्रत्येक वर्ष ३ सय वटा अनुमति जारी गरिन्छ । अप्रिल अन्त्य र मेको बीचमा सगरमाथा आरोहण गर्नुपर्ने हुन्छ, जो निकै कम समय हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics